नेभिगेसन मेनु

भोली देखि माइक्रो , टेम्पो लगायत साना गाडी चल्ने
समय:2021-07-04 08:22

सरकारले लगाएको निषेधज्ञा आइतबार (आज) देखि सकिदै छ । सोमबार देखि निषेधज्ञालाई के गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज शुरु भएको छ ।

यस अघि सरकारले २५ सीट क्षमता भन्दा माथिका मात्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पछि यातायात व्यवसायीहरुले असन्तुष्टी जनाउदै सबै सवारीसाधन सञ्चालन गर्ने भनेका थिए । त्यस पछि असार १५ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहित सरकारी प्रतिनिधिहरुसँग यातायात व्यवसायीहरुले असार २१ गते देखि सबै सवारीसाधन सञ्चालन गर्ने भनी प्रस्ताव राखेको थियो । छलफलमा हामी असार २० गतेसम्म तपाईहरुले भनेको मान्नेछौ त्यस पछि पनि खुल्ला नभए हामी आफै स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्ने छौ भनी जानकारी गराएकाले भोली देखि सूचारु गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताए । 

उनका अनुसार १२ लाख सवारी साधन मध्ये ९ लाख मोटरसाइकल र २ लाख ९० हजार मात्र २५ सीट भन्दा माथिका रहेको बाँकी ७ लाख भन्दा बढी साना सवारीसाधन भएकाले यातायात मजदुरहरुको चुल्होमा आगो बल्न छाडेको भन्दै यातायात सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । यस अघिको छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले समेत २१ पछि खुकुलो बनाउदै जाने पक्षमा भएको जनाएको थियो । यस विषयमा आज बसेको बैठकले निर्णय गर्ने छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर