नेभिगेसन मेनु

काठमाडौंमा आजदेखि सार्वजनिक यातायात चल्ने
समय:2021-06-29 03:29

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो। त्यस्तै खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ। आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको हो।

हिजो सोमबार तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय गरेको हो।

जसअनुसार आज (असार १५) देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो। यसबमोजिम गतेको अंक जोर परेको दिन जोरवाला र बिजोर अंक परेको दिन बिजोरवाला नम्बर प्लेट भएका तर २५ भन्दा बढी सिट भएका बस चलाउन पाइनेछ।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर