नेभिगेसन मेनु

भोलिदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी, आज महत्वपूर्ण निर्णय हुँदै
समय:2021-06-28 03:30

काठमाडौं उपत्यकाकामा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषय टुंगो लगाइनेछ।

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सिडिओकै तहबाट टुंग्याइएको बताइएको छ। 

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो। 

थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ। पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर-विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो।

प्रशासनले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहने जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर