नेभिगेसन मेनु

देशकै सबैभन्दा ठूलो जलविद्युत आजदेखि राष्ट्रिय प्रणालीमा जोडिँदै, यी क्षेत्रमा बत्ति जान सक्ने
समय:2021-06-27 04:02

देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्य‌ुत प्रणालीमा जोड्ने काम आइतबारदेखि प्रारम्भ हुँदैछ। 

निर्माण सम्पन्‍न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो। माथिल्लो तामाकोसीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्‍ने काम भएको छ। आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुनेछ। यस बीचमा खिम्तीलगायत अन्य आयोजनाबाट उत्पादन हुने बिजुली आपूर्ति बन्द हुनेछ।


राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम १९ गतेसम्म लाग्ने र त्यसका लागि एक हप्ता खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

एक हप्तासम्म प्रणालीमा विद्युत नपुग्ने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ। 

त्यस्तै प्राधिकरणले यो अवधिमा कुलेखानी जलाशयको पानी प्रयोग गरेर जति सक्दो छिटो विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने जनाएको छ।

आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ। वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही ढिलो गरेर व्यवसायिक उत्पादन गर्न लागिएको हो। अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ। 

४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिए।

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। आयोजना निर्माण सुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर