नेभिगेसन मेनु

थप २४ जना कोरोना संक्रमितको मृत्यु, संक्रमण कति ?
समय:2021-06-25 03:30

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

 थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर