नेभिगेसन मेनु

उपत्यकामा थपियो निषेधाज्ञा, खुले केही सेवा क्षेत्र (आदेशसहित)
समय:2021-06-21 03:39

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक निषेधाज्ञा थप गने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा ८ असारबाट सुरु हुनेछ । 


बैठकमा सहभागी एक अधिकारीका अनुसार थपिएको निषेधाज्ञा १४ असारसम्म जारी रहनेछ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
ती अधिकारीका अनुसार सवारी साधन सञ्चालन गर्न पाउनेगरी निषेधाज्ञा थप गरिएको हो । तर नीजि सवारी जोर विजोर प्रणाली अनुसार सञ्चालन हुनेछन् ।  
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् । 


यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । समय भने अन्य पसलहरु जस्तै रहेको छ। 
खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।  
अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर