नेभिगेसन मेनु

असार ८ देखि खुल्न सक्छ यी क्षेत्र, सिडिओहरू बैठक बस्दै
समय:2021-06-20 04:34

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको छ।  

सीसीएमसीको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। तर प्रमुख जिल्ला अधिकारीहरु स्मार्ट लकडाउनको अर्थ अझै बुझ्न नसकेको बताएका छन्।

जारी निषेधाज्ञा थप खुकुलो बनाउने सहमति प्रमुख जिल्ला अधिकारीहरुले गरे पनि तत्काल निषेधाज्ञा नहट्ने बताएका छन्।

निषेधाज्ञालाई थप खुकुलो बनाउन भने असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी गरिएको छ। ग्राहकलाई बसेर खान नदिने सर्तमा खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको बताइएको छ।

सवारीसाधनमा जोर-विजोर नियम लागूसमेत हुनसक्ने बताइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर