नेभिगेसन मेनु

मनाङमा पहिरोले अत्यधिक क्षति, उद्धार कार्य जारी
समय:2021-06-18 05:59

अत्यधिक वर्षापछि आएको पहिरोले मनाङ जिल्लामा ठूलो क्षति पुगेको छ

। हालसम्म कुनै मानवीय क्षतिको समाचार नभएपनि भौतिक रुपमा ठूलो क्षति भएको छ। ठूलो संख्यामा मानिसहरु विस्तापित हुन पुगेका छन। अहिले नेपाली सेनाको हेलिकप्टरतथा अल्टिच्युड ईयरको हेलिकप्टरले पहिरो पिडित मानिसहरुको उध्दार गरिरहेको छ। संघीय संसदका पूर्व सांसद पोल्देन छोपाङ गुरुङको सकृयतामा फु गाउँपालिकाबाट बिस्तापित भएका १८ जनाको हेलिकप्टरबाट उध्दार गरी सुरक्षित स्थानमा बसोबासको ब्यबस्था गरिदैंछ। पूर्व संघीय सांसद गुरुङले साथ लिएर आएको पालहरु टाँगने काममा नेपाली सेनाका जवानहरु र नेपाल प्रहरीहरु सक्रिय भैरहेका छन।

मनाङमा मौसम प्रतिकूल भएकोले उध्दार कार्य संचालन गर्न कठिनाई भैरहेको छ।मनाङ जानका लागि लमजुङबाट जाने बाटो अबरुध्द भएकोले खाध्यान्न लगायत अत्यावश्यक बस्तुको समस्या पर्ने देखिएको छ। मनाङमा हाल ३ वटा गाँउपालिकामा क्षति पुगेको छ। चामे गाँउपालिकाका साथै नासौं र नार्पा भूमिमा अत्यधिक क्षति भएको जानकारी प्राप्त भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर