नेभिगेसन मेनु

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
समय:2021-06-13 06:14

काठमाडौं उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठक आज बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न तयारी भइरहको स्रोतले जनाएको छ । 

अबको निषेधाज्ञामा विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने छ । 

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर