नेभिगेसन मेनु

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कति ?
समय:2021-06-10 03:54

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र गण्डकी प्रदेशसभाको भविष्य आज निर्धारण हुँदैछ । मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने तयारी गरेका हुन् । संविधानको धारा १६८ (३) अनुसार वैसाख २९ गते मुख्यमन्त्री गुरुङले आज विश्वासको मत पाएमा सरकार जोगिने छ । र आयु एक वर्ष थप हुनेछ । तर उनको विश्वासको मत नपाएको खण्डमा सरकार ढल्ने छ । विपक्षी दलहरुले सरकार बनाउन प्रयास गर्नेछन् । मुख्यमन्त्री गुरुङले धारा १७८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

आज दिउँसो १२ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । विश्वासको मत नपाए उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछिन् । तर विपक्षी दलहरुलाई पनि बहुमत जुटाउन गाह्रो देखिन्छ । गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउने र विपक्षी दलले नयाँ सरकार बनाउने अवस्था नरहेमा प्रदेशसभा विघटन तर्फ जाने सम्भावना पनि रहेको छ ।

विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक भएपनि एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन् ।

६० सदस्यीय प्रदेशसभामा प्रदेशसभामा विपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल बनाउन एकजुट भएका छन् । चारवटै दलले बुधबार नै आफ्ना सांसदलाई विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदानका लागि ह्वीप जारी गरिसकेका छन् ।

प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ ।

बजेट ल्याउने समय आइसक्दासमेत गण्डकीमा राजनीतिक किचलोका कारण नीति तथा कार्यक्रमसमेत आउन सकेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर