नेभिगेसन मेनु

मन्त्रिपरिषदले पायो पूर्णता, यी हुन् ओली क्याबिनेटका २५ जना मन्त्री (सूचीसहित)
समय:2021-06-10 10:34

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। यससँगै ओलीको मन्त्रिमण्डल २५ सदस्यीय पुगेको छ। संविधान अनुसार संघीय मन्त्रिपरिषद् २५ जना भन्दा बढीको बनाउन पाइँदैन। अब नयाँ मन्त्री नियुक्त गर्नुपरे पूराना मन्त्रीलाई हटाउनुपर्नेछ। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैंसँग राखेका छन्। 

बिहीबार थपिएका मन्त्रीमा खगराज अधिकारी, गणेश पहाडी, नारद मुनि राना, राजकिशोर यादव, मोहन बानियाँ, नैनकला थापा र ज्वालाकुमारी साह रहेका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर