नेभिगेसन मेनु

ओलीले फेरि मन्त्रिपरिषद विस्तार गर्दै, महेश बस्नेतसहित यी हुन सम्भावित व्यक्ति
समय:2021-06-06 10:24

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । शुक्रबार मात्रै जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री ओलीले फेरि केही मन्त्रीहरु थप्ने तयारी थालेका हुन् । 

ओलीले माधवकुमार नेपाल पक्ष र माओवादी केन्द्रबाट आउनेहरुलाई समेट्ने गरि तयारी गरेको बुझिएको छ । अहिले पनि प्रधानमन्त्री अ‍ोली आफैले ७ मन्त्रालयको जिम्मेवारी लिएका छन् । बालुवाटार स्रोतका अनुसार तत्काल केही मन्त्री थप गरेर नेपाल पक्षबाट आउनेहरुका लागि केही बाँकी राख्ने योजना ओलीको छ । 

ओलीपक्षबाट मन्त्रीको दौडधुपमा महेश बस्नेत देखि विमला राईसम्म रहेका छन् । स्रोतका अनुसार खगराज अधिकारी, मोहन बानियाँ, नारदमुनि राना, आशा विश्वकर्मा, सुजिता शाक्यले आकांक्षा देखाएका छन् । 

ओलीसँग हाल गृह, रक्षा, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन,वन तथा वातावरण र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर