नेपाली कांग्रेस सरकारमा जाने भएको छ । दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको हो । सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने भएको हो । कांग्रेस स्रोतका अनुसार कांग्रेसले प्रदेश सांसदहरु यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ।
कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि भोलि शुक्रबार मन्त्रीको शपथ हुने मुख्यमन्त्री स्रोतले जनाएको छ।