नेभिगेसन मेनु

उपत्यकाका सिडियोहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
समय:2021-06-02 04:09

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को संयुक्त बैठक आज बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाका विषयमा थप निर्णय गर्नका लागि बैठक बस्न लागेको हो । 

हिजो मंगलबार बसेको बैठकमा गहन छलफल भएको र आजको बैठकले निषेधाज्ञाका विषयमा निर्णय गर्ने बताइएको छ । हिजोको बैठकमा अहिलेसम्मको निषेधाज्ञाको समिक्षा भएको र आगामी विकल्पको विषयमा छलफल भएको थियो । 

आज बस्ने बैठकले काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्न लागिएको छ। आज यसबारे निर्णय गरिने भएको छ। गत वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहेको थियो। पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ।

यस पटकको निषेधाज्ञा केही खुकुलो हुने जनाएको छ। बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइने तयारी रहेको छ। यसअघि खाद्यान्न पसल खोल्न दिइएको थिएन भने तरकारी, दूध पसलमा मात्रै बिान १० बजेसम्म खुल्ने गरेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर