नेभिगेसन मेनु

ब्रिटिस आर्मी र सिंगापुर आर्मीमा भर्ति खुल्यो, कसले दिन पाउँछ आवेदन ?
समय:2021-06-02 08:22

ब्रिटिस आर्मी र सिंगापुर आर्मीका लागि आवेदशन खुलेको छ । बेलायत सरकारले सन् २०२२ का लागि भर्ति प्रक्रिया सुरु गरेको हो । यसपटक १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले मात्र गोर्खा भर्ती प्रक्रियामा भाग लिना पाउनेछन् । ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा इच्छुक सबैले अनलाईनमा आवेदन दिनसक्ने जनाइएको छ।

आवेदकहरुले एप्लिकेशन फारम तथा अरु दर्ताको लागि चाहिने कागजपत्रहरु स्क्यान गरेर तथा फोटो खिचेर २८ जुन बिहान को ८ बजे देखी १६ जुलाई दिंउसो को ५ बजे भित्र अनलाइन द्वारा पेस गर्नुपर्ने हुन्छ।

दर्ताको लागि वेबसाइट ठेगाना २८ जुन बिहान ८ बजे बृटिश गोर्खाज नेपाल वेबसाइटमा राखिने छ।

आवश्यक योग्यता

  1. सन् २०१६ साल सम्ममा नेपालमा एस. एल. सी. दिएको भए न्युनतम तेस्रो श्रेणीमा उतिर्ण भएको हुनुपर्नेछ।
  2. - सन् २०१६ पछि नेपालमा एस. इ. इ. दिएको भए न्युनतम ५ x C ग्रेड हुनुपर्ने। गणित र अंग्रेजीमा कम्तीमा C ग्रेड अनिवार्य हुनुपर्ने।
  3. - GCSC, O LEVEL वा अन्य एस. एल. सी. तथा एस.इ.इ. सरहको प्रमाणपत्रहरु छन् भने न्युनतम ५ बिसयहरुमा C ग्रेड अनिवार्य हुनु पर्ने। अंग्रेजी र गणितमा कम्तीमा C ग्रेड हुनुपर्ने । 
  4. - एस. एल. सी. तथा एस.इ. इ. कम्पार्ट पास (प्राइभेट एस.एल.सी. र खुला शिक्षा) लाई स्वीकार गरिने छ। CTEVT (प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद) को प्रामाण पत्र स्वीकार्य हुने छैन। 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर