नेभिगेसन मेनु

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाको मोडालिटी कस्तो होला ?
समय:2021-06-01 04:08

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को बैठक दिउँसो ३ बजे आज बस्ने भएको छ ।  बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुनेबताइएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकमा बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर