नेभिगेसन मेनु

चीनले दिएकोमध्ये ८ लाख डोज खाेप नेपाल आइपुग्यो
समय:2021-06-01 11:20

चीनले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । 

नेपाल वायु सेवा निगमनको एयरबस ३३० बाट खोप नेपाल आएको हो । 

कोरोना विरुद्ध लड्न चीनले दिएको १० लाख डोज मध्ये ८ लाख डोज खोप नेपाल आएको हो । 

एक साता अगाडि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादका क्रममा १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए। 

बाँकी दुई लाख डोज तिब्बत सरकारले उपलब्ध गराउने बताइएको छ। उक्त खोप हिमालय एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै बाँकी खोप ल्याउने एयरलाइन्सले बताएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर