नेभिगेसन मेनु

दलीय अनुशासन मिच्नेले देश विरुद्ध अनिष्टको काम गर्दैछन्ः प्रधानमन्त्री ओली
समय:2021-05-30 10:11

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई विश्वासको मत नदिने र विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने नेताहरुले अनुशासनहीन काम गरेको टिप्पणी गरेका छन् । 

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नदिने तर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नेप्रति आक्रोश व्यक्त गरेका हुन् । दुनियाको इतिहासमा अहिलेसम्म नभएको अराजकता र राजनीतिक अनुशासनहिताको कामहरु भएको उनले बताए । 

मावध नेपालको नाम नलिइ ओलीले यस्तो टिप्पणी गरेका हुन् । यद्यपी उनको संकेत नेपाल तर्फ नै थियो । उनले भने, ‘जब राजनीतिक दलहरु, राजनीतिक अनुशासनहिनता, अराजकता, फ्लोरक्रस, अनुशासन मान्न नपर्ने, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने। दुनियाँमा कहीँ हिस्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने।’

उनले दलीय अनुशासन र मर्यादा मिचेर देश विरुद्ध ठूलो अनिष्टको काम गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘तिनले खाएको सपथ झुटो हो। तिनको सपथ बेइमानी हो। तिनका सपथभित्र स्वार्थ साधना गर्ने, स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ। अहिले तिनले खाएका सपथ सम्झिनुस् त। तिनले कहाँकहाँ सपथ खाए होलान्। तर देशका विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर