देशमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि बढेको छ । चीन, भारत र अमेरिकाका समकक्षीहरुसँग खोप सहयोगका लागि आग्रह गरेकी राष्ट्रपति भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन् ।
उनले रुपमा बनेको ‘स्पुतनिक भी’ उपलब्ध गराइदिन गरेकी हुन् ।
पत्र पत्र परराष्ट्र मन्त्रालयमार्फत मस्कोस्थित नेपाली दूतावास हुँदै रुसी विदेश मन्त्रालयले राष्ट्रपति पुटिन समक्ष पुग्नेछ। कुटनीति तहमा छलफल भएपछि खोपको माग गर्दै पत्र पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।