नेभिगेसन मेनु

भारतले कब्जा गरेको जमिन फिर्ता हुन्छः प्रधानमन्त्री ओली
समय:2021-05-28 08:42

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । 

विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए । उनले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भुगाग फिर्ता ल्याउनका लागि भारतसंग वार्ता भईरहेको बताए ।

उनले भने, ‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ । महाकाली पुर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौ र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौ । यस सम्बन्धमा हामी भारतसंग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ।’

कालापानी, लिम्पियाधुरा र लिपुलेक अहिले भारतको नियन्त्रणमा रहेकाले संवादबाट माध्यमबाट त्यो भूमि फिर्ता ल्याइएने उनले बताए । उनले भने, ‘यथार्थ के हो भने विगत ५८ बर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । मैले भने ५८ बर्ष देखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौ । त्यसमा संवाद गरिरहेका छौ ।’

छिमेकीसंग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने भन्दै भारतसंग नेपालको मित्रतापुर्ण सम्बन्ध भएकोमा आस्वश्त तुल्याए। कतिपयले आफुलाई भारतसंगको सम्बन्ध विगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनँले आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर