नेभिगेसन मेनु

स्वास्थ्य संकटकाल लगाउने प्रधानमन्त्री ओलीको संकेत
समय:2021-05-28 11:36

प्रधानमन्त्री केपी शर्मा ओलीले देशेमा स्वास्थ्य संकटकाल लगाउने सकिने संकेत गरेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको उनले बताएका हुन् । 

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमत्ती ओलीले कोरोना नियन्त्रणका लागि संकटकाल लगाउन सकिने बताएका हुन् । 

उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ ।’

सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो।

यस्तै प्रधानमन्त्री ओलीले देशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को भरपर्दो उपचारका लागि खोप नै आवश्यक भएको हुँदा छिट्टै खोपको व्यवस्था गरी खोप लगाएर महामारीको सामना गरिने बताएका हुन्।

उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।

प्रधानमन्त्रीका अनुसार नेपालले हालसम्म अनुदानमा ३२ लाख २८ हजार खोप र खरिदमार्फत् १० लाख खोप प्राप्त गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर