नेभिगेसन मेनु

निष्कर्षमा पुग्न काँग्रेसले अन्य दलसँग छलफल गर्ने
समय:2021-05-21 08:39

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढनिलकण्डमा भर्खरै सम्पन्न भएको छ । बैठकले कांग्रेस निस्कर्षमा पुग्न अन्य राजनितीकदलहरुसँग छलफल गर्ने भएको छ । 

राष्ट्रपतिबाट बिहीबार साँझ सरकार गठनका लागि गरिएको आव्हान लगायत पछिल्लो समसामयिक तथा राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको बैठक बसेको थियो । बैठकमा विशेषतः अहिलेको सन्दर्भमा मूलतः संविधान, लोकतन्त्र रक्षाका लागि काँग्रेसले आवश्यक छलफल गर्ने काँग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । बैठकले अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर मात्रै काँग्रेस निष्कर्शमा पुग्ने उनले बताए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि सिफारिस गरिसक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्गप्रशस्त गरेसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गरेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर