नेभिगेसन मेनु

भक्तपुरमा २४ घन्टाभित्र १४ संक्रमितको मृत्यु
समय:2021-05-20 06:00

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण गएको २४ घन्टामा १४ जनाको मृत्यु भएको छ। यो मृत्यु हालसम्मकै सबैभन्दा बढी मृत्यु हो। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार १० जना पुरुष र ४ जना महिला गरी १४ जना संक्रमितको मृत्यु भएको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले यसअघि २४ घन्टाभित्र ९ जनासम्म संक्रमितको मृत्यु भएकोमा पछिल्लोपटक १४ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मध्यपुर थिमि नपामा ३ पुरुष र २ महिला गरी ५ जना तथा सूर्यविनायक नपामा ३ पुरुष र एक महिला गरी ४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै चाँगुनारायण नपामा ३ पुरुष र भक्तपुर नपामा एकएक महिला र पुरुष गरी २ जना संक्रमितको मृत्यु भएको प्रमुख मिजार बताउँछन्।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या २०५ पुगेको छ। जसमा पुरुष १३७ र महिला ६८ जना रहेका छन्।

भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ५४ जना पुरुष र २२ जना महिला गरी ७६ जना संक्रमितले ज्यान गुमाएका छन्। भक्तपुर नपाका ३४ पुरुष र २२ महिला गरी ५६ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३४ पुरुष र १८ महिला गरी ५२ जनाले ज्यान गुमाएका छन्।

यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १५ जना पुरुष र ६ जना महिला गरी २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए।

संक्रमितको संख्या १७ हजार २०७
भक्तपुरमा हालसम्म संक्रमितको संख्या १७ हजार २०७ पुगेको छ। जसमा ९ हजार ४७३ जना पुरुष र ७ हजार ७३४ जना महिला रहेका छन्। यसमध्ये ६ हजार ८८८ जना पुरुष र ५ हजार ४३२ जना महिला गरी १२ हजार ३२० जना संक्रमित डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ७१.५९ प्रतिशत हो।

भक्तपुरमा सक्रिय संक्रमित भने ४ हजार ६८२ जना छन्। जसमा २ हजार ४४८ जना पुरुष र २ हजार २३४ जना महिला रहेका छन्। यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ४९३ जना सक्रिय संक्रमित रहेका छन्। सूर्यविनायकमा एकहजार ३७९ जना, भक्तपुरमा ८३२ जना र चाँगुनारायण नपामा ५७९ जना सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितमध्ये १४३ पुरुष र ११५ महिला गरी २५८ जना संक्रमित अस्पताल तथा नपाको आइसोलेसनमा उपचाररत छन्। यहाँका २ हजार ३०५ जना पुरुष र २ हजार ११९ जना महिला गरी ४ हजार ४२४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर