नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेबाट सुरु भएको बैठकमा कोरोना महामारी नियन्त्रणका विषयमा छलफल भइरहेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले विज्ञहरूसँग छलफल गरेपछि कोरोना महामारीका विषयमा छलफल र केही कार्यक्रम घोषणा गर्न बैठक बसेको हो ।
बुधबार पनि कोरोना नियन्त्रणका विषयमा केन्द्रित भएर स्थायी कमिटीको बैठक बसेको थियो ।