नेभिगेसन मेनु

रुपन्देहीमा थप सात जना कोरोना संक्रमितको मृत्यु
समय:2021-05-19 04:30

रुपन्देहीमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पत्रकारको उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षीया महिला , यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुषको , बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३स्१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् ।

उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राती १२स्४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षीय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षीय पुरुषको मध्यराति १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर