नेभिगेसन मेनु

नेपालमा कोरोनाबाट एकैदिन २ सय १४ जनाको मृत्यु, संक्रमित कति ?
समय:2021-05-18 04:29

नेपालमा कोरोनाबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ र ४ सय ३४ जनमा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण भएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख १३ हजार ४ सय ८० जना आइसोलेसन र ७ सय ८ जना क्वारेन्टिनमा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर