नेभिगेसन मेनु

तत्काल नयाँ मन्त्री थपिने सम्भावना यसकारण छैन, जसपा के गर्ला ?
समय:2021-05-14 08:40

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डालमा तत्काल नयाँ मन्त्री नथप्ने योजना बनाएका छन् । 

जनता समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी रहेकाले तत्काल मन्त्रीहरु थप गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले बताएको छ । 

प्रधानमन्त्री ओलीले आज साढे २ बजे सपथग्रहण गर्दैछन् । बजेटको पनि तयारी गर्नुपर्ने र जसपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल जारी रहेकाले नयाँ मन्त्री थप्ने सम्भावना नरहेको बुझिएको छ । 

जसपा अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले तत्काल सरकारमा जानुअघि मधेशका अरु मुद्दा पनि सम्बोधन हुँदा आफूहरुलाई सजिलो हुने बताएकाले यस्तो सम्भावना देखिएको हो । बजेट आएपछि भने नयाँ मन्त्री थप हुने सम्भावना रहेको स्रोतको भनाई छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर