नेभिगेसन मेनु

सरकार गठनको लागि देउवाले लिए अग्रसरता
समय:2021-05-11 03:55

कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठन गर्ने उद्देश्यले आज दिँउसो नेकपा (माओवादी केन्द्र), जसपाका अध्यक्ष उपेन्द्र यादव र माधव नेपालसँग छलफल गर्ने भएका छन् । आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफल हुने देउवाको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार निर्माणको लागि बैशाख ३० गते राति ९ बजेसम्मको समय दिएकी छिन् । उनले हिजो एक विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् । संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।

हिजो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल हुनेबित्तिकै कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले संयुक्त वक्तव्य जारी गर्दै धारा ७६ को २ अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले हिजो राति नै बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर