नेभिगेसन मेनु

१५ दिन थपियो निषेधाज्ञा
समय:2021-05-11 08:47

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो । 

अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी हुनेछ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन्।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको हो। वैशाख २१ गते थप सात दिने निषेधाज्ञा जारी गरिएको थियो।

निषेधाज्ञा पनि अब थप कडा हुने बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर