नेभिगेसन मेनु

प्रदेश १ मा कोरोना कहर : २८ दिनमा १०६ जनाको मृत्यु
समय:2021-05-11 09:09

विराटनगर : दोस्रो चरणको कोरोना संक्रमणले प्रदेश १मा २८ दिनमा एक सय ६ जनाको मृत्यु भएको छ । नयाँ वर्ष वैशाख १ गते देखि २८ वैशाखसम्म प्रदेश १मा कोरोना संक्रमणले एक सय ६ जनाको मृत्यु भएको हो  ।

सामाजिक विकास मन्त्रालयका अनुसार वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । यो साता दैनिक आठजनाका दरले संक्रमितको मृत्यु भइरहेको छ । वैशाख २२ गते एकैदिन १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार (वैशाख २७) मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको मृत्यु थियो ।

सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालमा थप ९ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको हो ।

मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो मृत्यु बैशाख ३ गते भएको थियो । त्यसपछि वैशाख ८ गते १, ९ गते २, ११ मा ४ र १२ गते १ जनाको मृत्यू भयो । त्यसैगरी वैशाख १३ मा २, १४ मा २, १५ मा २, १६ मा ४, १७ मा २ जनाको मृत्यु भयो ।

वैशाख १८ मा ३, १९ मा ५ र २० मा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको थियो । वैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार २१ मा ८, २२ मा १३, २३ मा १०, २४ मा ६, २५ मा ४, २६ मा १० र २७ गते ११ को मृत्यु भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर