नेभिगेसन मेनु

अब घरमा पनि १० जना भन्दा बढी भेला हुन नपाउने !
समय:2021-05-11 10:50

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएसँगै थप कडाई पनि गरिएको छ । जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा कडा गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पार्टी प्यालेसहरुमा विवाह व्रतबन्ध गर्न प्रतिवन्ध लगाएको छ । यस्तै घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा पनि १० जनाभन्दा कम मानिस मात्रै उपस्थित हुनुपर्ने नियम लगाइएको छ । 

राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरिएको छ । 

कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । 

किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ । 

उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर