नेभिगेसन मेनु

प्रधानमन्त्रीले कोरोना फैलाएको प्रचण्डको आरोप !
समय:2021-05-10 10:08

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई कोरोना फैलाएको आरोप लगाएका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएको बेला रथयात्रा, उद्घाटन लगायतका समारोह गरेर कोरोना फैलाएको आरोप उनले लगाएका हुन् । 

उनले कोरोना सुरु भएपछि रथयात्रा किन गर्नुभयो ? भन्दै प्रश्न पनि गरे । केही समय पछि गरेको भएपनि हुन्थ्यो उनले भने, ‘रथ यात्रा अलि पछि गरे हुँदैन थ्यो । मैले भनेकै छु । मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनउाने भन्नुभएको छ मैले गएर पनि हेरे खुसी लागेको छ । तर कोभिडको दोस्रो लहर भएको बेलामा यतिबेलै गर्नुपर्ने थियो अलि पछि गरेको भएपनि हुन्थ्यो ।’ 

उनले प्रधानमन्त्री ओलीलाई थुप्रै शिलान्यास गरेको भएपनि बजेटको ग्यारेन्टी नभएको बताए । प्रचण्डले देशका विभिन्न स्थानमा स्मार्ट सिटी बनाउने योजना अन्तरगत चितवनमा बनाउने विषय कटौती गरेको प्रति दुःख व्यक्त गरे । उनले प्रधानमन्त्री पूर्वाग्रह राखेर आफ्नो निर्वाचन क्षेत्रबाट योजना हटाएको पनि आरोप लगाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर