नेभिगेसन मेनु

सकियो ओली र नेपाल समूहको वार्ता, के आयो निष्कर्ष ?
समय:2021-05-09 11:06

सिंहदरबारमा एमालेका दुबै पक्षबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किए सामुहिक राजीनामा दिने बताएको माधव नेपाल समूह र ओली पक्षका नेताहरुबीच वार्ता सुरु भएको थियो । 

वार्तापछि एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेकै माधवकुमार नेपाल समूहका सांसदले राजीनामा दिने विषय आफूलाई पत्यार नलागेको बताएका छन् । उनले भने, मलाई विश्वास लाग्दैन, म त्यो कुरा पत्याउँदिन त्यो विनाशको बाटो कस्ले ट्राई गर्छ ।’ 

वार्तामा प्रधानमन्त्री ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ वार्ताका लागि सिंहदरबार पुगेका थिए । यस्तै नेपाल पक्षबाट नेपाल समेत गरी नेता योगेश भट्टराई, मेटमणी चौधरीलगायतका सहभागी थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर