नेभिगेसन मेनु

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ
समय:2021-05-07 04:32

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा निषेधाज्ञा लागू भएको आठौँ दिनसम्म कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ कोरोना सङ्क्रमित थपिएका छन् भने नौ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिलेसम्म २४२ जनाको मृत्यु भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर