चितवनमा एक जना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलका अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वर्षीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो।
उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।