नेभिगेसन मेनु

नगर अस्पताल कोभिड अस्पताल बनाउदा डराएर सबै डाक्टरले दिए राजीनामा
समय:2021-05-06 07:36

नगर अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरेपछि डाक्टरहरुले डराएर राजीनामा दिएका छन् । कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमित विरामीको चाप भएको अवस्थामा चाँगुनारायण अस्पतालका सबै डाक्टरले राजीनामा दिएका हुन् । 

चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । नगर अस्पताल सञ्चालनका लागि सञ्जित कुमार दास, सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्ति दिएको थियो ।

अस्पताल प्रशासनले नेपाल सरकारले तोकेको सेवा सुविधा नगरपालिकाले दिन्छु भनेको तर, डाक्टरहरुले थप सेवा सुविधा माग गर्दै आएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर