नेभिगेसन मेनु

देशभरी १ हजार शय्याका अस्पताल बनाउने प्रधानमन्त्रीकाे घाेषणा
समय:2021-05-04 03:58

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र प्रदेशमा गरी १ हजार शय्याका अस्थायी अस्पताल बनाउने घोषणा गरेका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री ओलीले नागरिकको जीवन रक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको बताए । 

प्रधानमन्त्री ओलीले यसका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताए । 

ओलीले वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताएका छन् ।

सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निर्णय भएको उनले बताए । 

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर