नेभिगेसन मेनु

कोरोना विरुद्धको खोप लगाउन स्थगित
समय:2021-04-29 05:28

सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम तत्कालका लागि रोकिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य रोकिएको हो ।

दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकिएको मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक शर्मा गौतमले संक्रमणको बढ्दो जोखिमको कारण खोप लगाउने कार्य रोकिएको जनाए ।

उनका अनुसार अर्को सूचना प्रकाशित नहुन्जेल कोभिडविरुद्धको खोप अभियान कार्यक्रम रोकिएको छ । खोप केन्द्रमा भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै विरोध भएको थियो ।

नियमित खोप कार्यक्रम भने यथावत् रुपमा सञ्चालन हुने उनले जनाए । मन्त्रालयको उक्त निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम बिहीबारदेखि रोकिने जानकारी दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर