नेभिगेसन मेनु

कैलाली र कञ्चनपुरमा थप तीन जना काेराेना संक्रमितकाे मृत्यु
समय:2021-04-29 05:43

कैलालीमा १ र कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  कैलालीको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएकाे छ । उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएकाे हाे । 

उता महाकाली अस्पतालमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको मृत्यु भएको छ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ।

यसै गरी कडा खालको निमोनिया देखा परेका दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मङ्गलवार अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उनको साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर