नेभिगेसन मेनु

हवाई तथा स्थलमार्गबाट नेपाल आउन पीसीआर रिपोर्ट अनिवार्य
समय:2021-04-28 14:16

International Terminal of Tribhuvan International Airport. Photo: THT


नेपाल सरकारले स्थलमार्ग र हवाई मार्गबाट आवागमनका लागि निश्चित मापदण्ड बनाईएको छ। जसअनुसार नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगित गरिएको छ।
यसैगरी स्थलमार्गबाट नेपाल आउनु पर्ने भारतीय नागरिकलाई निजले यात्रा गर्नु अघि स्वाब संकलन भएको ७२ घण्टा भित्रको कोभिड १९ को नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेण्टाईनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनकव अनुमतिमा नेपाल प्रवेश गर्न दिईने भएको छ। 
स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञाका अतिरिक्त निजले यात्रा गर्नु अघि स्वाब संकलन भएकव बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेण्टाईनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेस गरेको हुनु पर्नेछ। 
हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा गर्नु अघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड १९ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेण्टाईनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको हुनु पर्नेछ।
भारतबाट स्थलमार्ग भई नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरुको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रुपमा १० दिन होम क्वारेण्टाईनमा बस्नु पर्ने भएको छ। 
होटल वा होम क्वारेण्टाईनमा बसे नबसेको सम्बन्धमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्थानीय तहले अनुगमन गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा नियमित प्रतिवेदन गर्ने व्यवस्था गरीएको छ।
विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिईने भएको छ। तर यसअघि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले नेपालबाट हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान गर्ने दिईने व्यवस्था गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर