नेभिगेसन मेनु

अपडेट : बूढीगण्डकी बाढीपछि १० जना सम्पर्कविहीन, दर्जन बढि पुल बगायो
सम्पादक:南亚网络电视
समय:2026-10-11 13:46

Gorkha_MxFzjuu7c8flood

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढी गोरखामा कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्।

बाढीले दर्जन बढि पुल बगाएको अनुमान गरिएको छ । जसमा बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल तथा केही बेलीब्रिज रहेको बताइएको छ । आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ। साथै आरुघाटमा पनि बाढीले घरटहरा बगाएको खबर आएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर