नेभिगेसन मेनु

पुनर्निर्माण कोषमा डेढ करोड थपियो
सम्पादक:南亚网络电视
समय:2025-12-02 17:54

 

 PUnarnirman-kosh

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ । 

उक्त कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड ५० लाख रुपियाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कोषमा सो रकम योगदान गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर