नेभिगेसन मेनु

अमेरिका र थाइल्यान्डबाट बहत्तर नेपाली स्वदेश फिर्ता : अझै उनन्तिस जना अलपत्र
सम्पादक:南亚网络电视
समय:2025-11-22 11:51

 

 arrival

काठमाडौँ, मङ्सिर ६ गते । रोजगारीको प्रलोभनमा परी अवैध बाटो हुँदै अमेरिका र म्यान्मार पुगेका ७२ जना नेपाली नागरिक नेपाल फिर्ता आइपुगेका छन् । अमेरिकाबाट फर्काइएका ३५ जना रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये एक जना विद्यार्थी र एक जना पर्यटक भिसामा गएका रहेका छन् । विद्यार्थीको भिसा रद्द भएका कारण र पर्यटकको भिसाको म्याद सकिए पनि उतै काम गरेर बसेकाले फर्काइएको पाइएको छ ।

” अन्य ३३ जना रोजगारीको प्रलोभनमा फसेर मानव तस्करमार्फत अमेरिका पु-याइएका रहेको जानकारी उहाँले दिनुभयो । उनीहरूलाई मानव तस्करले अवैध रूपमा तल्लो बाटो हुँदै अमेरिका पु-याएको पाइएको छ । त्यसरी गएका कतिपयले करिब एक करोड रुपियाँसम्म तिरेको पाइएको पङ्गेनीले बताउनुभयो । यसरी फर्केका अधिकांश कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका छन् । 

अमेरिकी सरकारले आप्रवासी नीतिलाई कडाइका साथ लागु गर्दै त्यसरी अवैध रूपमा पुगेकालाई अघिल्लो वर्षदेखि नै सम्बन्धित देशमा फर्काउँदै आएको छ । सोही क्रममा नेपालबाट तत्काल र दुई वर्षअघि पुगेकालाई पनि फर्काउने क्रम जारी राखेको छ । त्यसरी बिहीबार फर्केकामध्ये कसैले पनि कुनै प्रकारको निवेदन ब्युरोमा दिएका छैनन् । कसरी पुगेको भन्नेसम्मको जानकारी सङ्कलन गरिएको र आफू ठगिएको लागेमा लग्नेका विरुद्ध मुद्दा दर्ता गराउन सम्झाएर पठाइएको प्रमुख पङ्गेनीले बताउनुभयो । 

त्यस्तै आकर्षक रोजगारीको प्रलोभनमा पारी विभिन्न माध्यमबाट म्यान्मार पु-याएर अवैध काममा लगाइएका ३७ जना नेपाली नागरिक उद्धारपछि नेपाल  आइपुगेका छन् । परराष्ट्र मन्त्रालयको पहलमा म्यान्मारमा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रमा जबरजस्ती काम लगाइएका नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती केन्द्रमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, व्रिmप्टो ठगीलगायतका काममा नेपालीलाई लगाइएको पाइएको थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले दिएको जानकारी अनुसार अवैध रूपमा पुगेका अझै २९ जना नेपाली नागरिक अलपत्र छन् । म्यान्मारको म्यावडीमा २३ जना, थाइल्यान्डको मेसोटमा दुई जना र कम्बोडियामा चार जना नेपाली अलपत्र छन् । उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित देशका सरकारी निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले यसरी नेपाली नागरिक विभिन्न देशमा अलपत्र पर्ने व्रmम बढ्न थालेकाले नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर