नेभिगेसन मेनु

नेकपाले सन्देश सभा गर्ने
सम्पादक:南亚网络电视
समय:2025-11-17 12:03

 

 65

काठमाडौँ, मङ्सिर १ गते । नेपाली कम्युनिस्ट पार्टीको १२ पार्टी घटकसँग एकतापछि सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पूर्वपदाधिकारी बैठकले एकताको सन्देश दिने गरी सन्देश सभा गर्न लागेको पार्टीका नेता एवं पूर्वमन्त्री भीम रावलले जानकारी दिनुभयो ।

नेकपा नेता रावलले मङ्सिर ९ देखि २७ गतेसम्म सातै प्रदेशमा एकतामा आएका सबै नेता कार्यकर्ता सहभागी भई सन्देश सभा गरिने जानकारी दिनुभयो । 

“कुन प्रदेशमा कुन समयमा को को नेता सहभागी हुने भन्नेबारे विस्तृत कार्ययोजना बनाएको छैन । तत्काल सन्देश सभा आयोजना गरेर एकताको सन्देश दिने पार्टीको भावी योजना र कार्यक्रमबारे प्रशिक्षित गर्ने योजना छ,” उहाँले भन्नुभयो, “पार्टीको अर्को बैठकले सन्देश सभासहित निर्वाचनबारे छलफल गर्ने छ ।” 

सातै प्रदेशमा सन्देश सभा आयोजनापछि ७७ जिल्लामा एकै दिन हुने गरी सन्देश सभा गर्ने योजना बनाएको नेकपा नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । त्यसपछि ७५३ स्थानीय तहमा सभा गर्ने तयारी नेकपाले गरेको छ । जिल्ला र स्थानीय तहमा एकै दिन सन्देश सभा गर्ने मिति तय भइनसकेको नेता चौधरीले बताउनुभयो । 

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर