नेभिगेसन मेनु

बानेश्वरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-09-08 16:41

 

 Gen-z-and-Nepali-Police

काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ । 

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले भने, 'अस्पतालमा दर्जनौं घाइते छन् ।'

बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो ।

प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर