काठमाडौँ, भदौ २४ — हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित समाचारप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित समाचारमा कम्पनीको दुबई उडान प्रभावित भएको भनी उल्लेख गरिएपनि हिमालय एयरलाइन्सले यसप्रति पूर्णरूपमा खण्डन गरेको छ। कम्पनीका अनुसार दुबई उडानहरू "नियमित तालिकाअनुसार सहज रूपमा सञ्चालन" भइरहेको छ र यात्रुहरूलाई प्रभावित पार्ने कुनै कारण छैन।
कम्पनीले भ्रामक तथा अपुष्ट समाचारप्रति गहिरो आपत्ति जनाउँदै यस्ता प्रचार–प्रसार नगर्न सञ्चारमाध्यम र आमजनसमुदायलाई विनम्र अनुरोध गरेको छ।
हिमालय एयरलाइन्सले कोभिड–१९ को महामारीको समयमा समेत आफ्ना जिम्मेवारीहरू इमानदारीपूर्वक निर्वाह गर्दै आएको उदाहरण दिँदै, राष्ट्रको आवश्यकताअनुसार सधैं सहयोग गर्न तत्पर रहेको स्पष्ट पारेको छ।
कम्पनीले हालै प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि विदेश प्रस्थान गर्ने तयारीका सन्दर्भमा पनि आफूले कुनै अडचन नआउने गरी तयारी गरेको र यथासम्भव सहयोग गर्ने स्पष्ट पारेको छ।