नेभिगेसन मेनु

एयर इन्डिया विमान दुर्घटना: पर्यटनमन्त्री पाण्डेद्वारा दुःख व्यक्त
सम्पादक:南亚网络电视
समय:2025-06-12 18:58


pandey mantri

एस् ए टी भी २९ जेठ, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाप्रति समवेदना प्रकट गरेका हुन्।

मन्त्री पाण्डेले भारत सरकार, भारतीय जनता र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै २४२ जना यात्रु बोकेको एयर इन्डियाको विमान दुर्घटनामा परेको खबरले मलाई दुःख लागेको छ। यस दुःखद घडीमा म भारत सरकार र भारतीय जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछु। मेरो समवेदना र प्रार्थना पीडित यात्रुहरू, उनीहरूका परिवारजन तथा प्रभावित सबैप्रति छ।’

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा ८० जनाको मृत्यु भइसकेको छ। गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना सवार विमान लन्डनका लागि उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर