नेभिगेसन मेनु

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
सम्पादक:南亚网络电视
समय:2025-05-16 14:52


sagarmatha sambad

एस् ए टी भी ०२ ज्येष्ठ, काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गरे।

'आशा गछौँ, यो संवाद- त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रा घरबासहरू पहिरोहरूले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ। हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्।'

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर