नेभिगेसन मेनु

नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
सम्पादक:南亚网络电视
समय:2025-05-15 12:24

 

  traffic-police_londll5f7b_cOzqQO25gh

एस् ए टी भी जेठ १,काठमाडौंः काठमाडौँको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।  

बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले रातोपाटीलाई बताए । साहमाथि छानबिन सुरु भएको उनले बताए । 

साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । उनका अनुसार घटना आज दिउँसोको हो । 

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् ।

यद्यपि सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर