नेभिगेसन मेनु

पूर्वी भेगमा ‘दाना’ चक्रवातको प्रभाव, हल्का वर्षाको सम्भावना
सम्पादक:南亚网络电视
समय:2024-10-25 12:11

4e82ca1f-382e-4704-96f3-49fd4ce5912625102024082437.jpg

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव नेपालको पूर्वी भेगमा पनि परेको छ। 

यसका साथै पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले कोशी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर